Skip to content

एक्यानका अध्यक्ष नेपालद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) का अध्यक्ष अनुप नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 

सामाजिक सञ्जालमार्फत नेपालले रास्वपाको प्रथम महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 

उम्मेदवारी घोषणा गर्दै नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै संगठनलाई व्यवस्थित, उत्तरदायी र परिणाममुखी बनाउने विषयमा आफ्ना प्राथमिकतामा रहेको पनि स्पष्ट पारेका छन् । 

केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी व्यक्तिगत पद प्राप्तिका लागि भन्दा पनि पार्टीलाई संस्थागत रुपमा बलियो, पारदर्शी र जनउत्तरदायी बनाउनका लागि भएको नेपालको भनाई छ ।

 

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।