काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले टिकटक च्यालेन्ज प्रतियोगिता आयोजना गरेको छ। आइक्यानले ‘CA Through My Eyes’ शीर्षकमा टिकटक च्यालेन्ज प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगितामार्फत सहभागीहरूले आफ्नो सिए यात्रा, अनुभव, संघर्ष र प्रेरणालाई सिर्जनात्मक ढंगले टिकटक भिडियोमार्फत प्रस्तुत गर्न सक्नेछन्।
प्रतियोगितामा सहभागी हुन आइक्यानको आधिकारिक गीत प्रयोग गरी भिडियो तयार गरेर सार्वजनिक रूपमा आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्नेछ र @ican_nepal लाई ट्याग गर्नुपर्नेछ।
उत्कृष्ट तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिने आइक्यानले जनाएको छ। जसअन्तर्गत प्रथम हुनेले रु. १५ हजार, द्वितीय हुनेले रु. १० हजार र तृतीय हुनेले रु. ५ हजार प्राप्त गर्नेछन्। यो हेर्नुहोस्:




प्रतिक्रिया दिनुहोस्