Skip to content

विद्यार्थी भर्ना सिजनमा सबै काम छोडेर आइक्यानका इडीसहितको नेतृत्व विदेश भ्रमणमा !

काठमाडौँ । विद्यार्थी भर्ना सिजनमै सबै काम छोडेर आइक्यानका कार्यकारी निर्देशक बिमल डंगोलसहित अध्यक्ष र उपाध्यक्षसमेत विदेश भ्रमणमा गएको पाइएको छ । सरकारले सरकारी निकायका पदाधिकारीहरुलाई अत्यावश्यक बाहेक विदेश भ्रमणमा नजाने आशयसहितको परिपत्र सार्वजनिक गर्दा पनि आइक्यानमा भने संस्थाको मूल नेतृत्व नै विदेश भ्रमणमा गएको पाइएको हो ।

एक कार्यक्रमका लागि भन्दै आइक्यानका कार्यकारी निर्देशक बिमल डंगोल, आइक्यानका अध्यक्ष निल बहादुर सारुमगर, र उपाध्यक्ष आनन्द राज शर्मा वाग्लेसहितको टिम बेलायत गएको हो । विद्यार्थी भर्नाको मुख्य सिजन भए पनि आइक्यानले विद्यार्थी केन्द्रित केहि पनि काम गरेको छैन ।

एआईलाई प्रयोग गरेर सामान्य विद्यार्थीले नबुझ्ने भिडियो र गुगलबाट अनाधिकृत रुपमा तानिएका फोटोहरु जोडेर केहि सामाजिक संजालका कन्टेन्ट बनाउने बाहेक आइक्यानले केहि पनि काम नगरिरहेका बेला विद्यार्थी भर्ना सिजनमै आइक्यानका इडी विदेश भ्रमणमा जाँदा मुख्य सिजनमै काम प्रभावित भएको छ ।

आइक्यानले भने महत्वपूर्ण काम भन्दै नेतृत्वको टोली विदेश भ्रमणमा गएको दाबी गरेको छ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।