काठमाडौँ। हिमालयन इनभेष्टमेन्ट बैंकर लिमिटेडको अध्यक्ष पदमा सिए लक्ष्मण ज्ञवाली नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।
वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सर्वसम्मत् अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।
हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले मर्चेन्ट बैंकरको सेवा प्रदान गर्दै आएको छ । ज्ञवालीको नेतृत्वले कम्पनीलाई थप उचाईमा पुर्याउने विश्वास कम्पनीले लिएको छ।



प्रतिक्रिया दिनुहोस्