काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले वैशाख २५ गते एक सूचना जारी गरेको छ। गतिलोसँग नेपाली लेख्न नजान्ने कर्मचारीलाई काम दिँदा आइक्यानको सूचनामा गल्ती नै गल्ती भेटिएको छ।
आइक्यानले वैशाख २५ गते सार्वजनिक गरेको एक सूचनामा नेपाली भाषामा थुप्रै व्याकरण त्रुटी भेटिएपछि सामाजिक सञ्जालमा आलोचना सुरु हुन थालेको छ।
चार्टर्ड एकाउन्टेन्सी सदस्यता परीक्षा सम्बन्धी सूचना सार्वजनिक गर्दा संस्थाले प्रयोग गरेको नेपाली भाषामा गल्ती देखिएको हो। सूचनामा एउटै शब्द फरकफरक तरिकाले लेखिएको समेत पाइएको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राष्ट्रिय स्तरको व्यवसायिक संस्थाले सार्वजनिक गर्ने सूचनामा यति धेरै भाषागत त्रुटि हुनु गैरजिम्मेवार भएको टिप्पणी गरेका छन्। कतिपयले योग्य भाषा सम्पादक वा नेपाली लेख्न सक्ने कर्मचारीबाट सूचना तयार गराउनुपर्ने सुझाव दिएका छन्।
आलोचकहरूले वित्तीय तथा व्यावसायिक क्षेत्रमा प्रतिष्ठित मानिने संस्थाले आधिकारिक सूचना प्रकाशन गर्दा भाषा, प्रस्तुति र शुद्धतामा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
हालसम्म आइक्यानले उक्त त्रुटिबारे औपचारिक प्रतिक्रिया दिएको छैन। आलोचनापछि आईक्यानले तीन पटकसम्म सूचना सच्याएको छ । र पनि आईक्यानले प्रकाशन गरेको अन्तिम सूचनामा पनि गल्ती नै गल्ती छ ।




प्रतिक्रिया दिनुहोस्