काठमाडौँ। मुक्तिनाथ विकास बैंकले सिए मागेको छ। बैंकले एक सूचना जारी गर्दै सिए मागेको हो।
बैंकले उक्त पदमा काम गर्न चाहने नेपाली नागरिकहरूले जेठ ८ गतेभित्र आवेदन दिन सक्ने जनाएको छ। साथै, उक्त क्षेत्रमा २ वर्षसम्मको काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले सूचनामार्फत जनाएको छ।
आवेदन अनलाइन मार्फत दिन सकिनेछ। तलब तथा अन्य सुविधा भने कम्पनीको नियम अनुसार हुने बैंकले जनाएको छ।
यता बैंकले आइक्यान वा सो सरह मान्यता प्राप्त व्यावसायिक निकायबाट योग्य चार्टर्ड एकाउन्टेन्ट हुनुपर्ने पनि उल्लेख गरेको छ। बैंकिङ, वित्तीय संस्था, लेखापरीक्षण फर्म वा कर्पोरेटहरूमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने भएको छ।



प्रतिक्रिया दिनुहोस्