Skip to content

लेखा व्यवसायी सम्मेलन अहिलेसम्मकै ‘सुपर फ्लप’, अधिकांश सिएहरु हाजिरी गरेर हिँडे, अर्थमन्त्री र गभर्नर आएनन्, कार्यक्रम भद्रगोल !

काठमाडौँ । लेखा व्यवसायी सम्मेलनको पाचौँ संस्करण सुपर फ्लप भएको छ । अव्यवस्थित कार्यक्रम, प्रचार प्रसारको कमी, सिएहरुको कम चासो, र अपरिपक्व तयारीका कारण कार्यक्रम सुपर फ्लप भएको हो ।

काठमाडौँमा दुई दिन चलेको कार्यक्रममा अधिकांश सिएहरु हाजिरी गरेर टाप कसेका थिए । कार्यक्रम स्थलमा हाजिर गरेर कोही क्लाइण्टकोमा कोही आफ्नो जागिरमा हिँडेका थिए । तर पैसा तिरेर कार्यक्रममा हाजिरी गरेकै आधारमा उनीहरूले सीपीई क्रेडिट आवर भने पाउनेछन् ।

कार्यक्रममा सिएहरुको उपस्थिति निकै कम देखिन्थ्यो । यति सम्मकी अगाडिका दुई रो भन्दा पछि खासै सिएहरु थिएनन् । कार्यक्रम आरए सम्मेलन जस्तो देखिन्थ्यो । उपस्थितहरु पनि खासै कार्यक्रम तिर ध्यान नदिएर मोबाइल चलाईरेहका देखिन्थे ।

यसअघिका लेखा व्यवसायी सम्मेलनमा अर्थमन्त्री र गभर्नरको उपस्थिति हुने गरेको थियो । यसपटक कार्यक्रम नै विवादमा तानिएपछि अर्थमन्त्री र गभर्नर कार्यक्रममा आएनन् ।

कार्यक्रमको प्रचार प्रसारमा गरिएको कमजोरीका कारण मिडियाको उपस्थितिसमेत नगन्य देखिन्थ्यो । आइक्यानले प्रेस रिलिज गर्ने जिम्मेवारी एक विज्ञापन एजेन्सीलाई दिएको छ । उसले मिडियालाई पठाएको रिलिज बाहेक मिडियाहरू सो सम्मेलनमा उपस्थित भएको देखिएन ।

आइक्यानमा बिमल डंगोल कार्यकारी निर्देशक भएर आएपछि यो पहिलो सम्मेलन हो । उनको अपरिपक्वताका कारण कार्यक्रमको बिजोग देखिएको दाबी अधिकांशको छ । सिएहरुले भने पैसा नै तिर्नुपरेपछि सधैं सुनेका मान्छेहरूका सधैं उही कुरा सुन्न के जाने भनेर नगएको प्रतिक्रिया दिएका छन् ।

कतिपय सिएहरुले त यो कार्यक्रमलाई नीतिगत भ्रष्टाचारसमेत भनेका छन् । ‘पैसा तिरेर बासी भाषण सुन्न बोलाउने पनि कार्यक्रम हुन्छ ? यो त सिधै भ्रष्टाचार हो ।’ सिए कृष्णहरि बुढाथोकीले प्रतिक्रिया दिँदै भनेका छन्, ‘आइक्यानले यस्ता झुर कार्यक्रम गर्नु हुँदैन ।’

आइक्यानले आइक्यानमा उजुरी परेकाहरू कार्यरत संस्थाहरूबाट कार्यक्रम गर्न पैसा उठाएको थियो । सिएहरु खासै नआएपछि र आरएहरुले चासो नदिएपछि प्रायोजकहरूको पनि लगानी खेर गएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।