Skip to content

सुरू भयो ५औँ राष्ट्रिय लेखा व्यवसायी सम्मेलन (तस्विरहरू)

काठमाडौँ। लेखा व्यवसायीहरूको साझा मञ्चका रूपमा आयोजित ५औँ राष्ट्रिय लेखा व्यवसायी सम्मेलन आज औपचारिक रूपमा उद्घाटन भएको छ। सम्मेलनको उद्घाटन सत्रमा माननीय महालेखा परीक्षक तोयम राया प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए।

कार्यक्रमले नेपालमा लेखा तथा लेखापरीक्षण क्षेत्रको सुदृढीकरण, व्यावसायिक विकास र पारदर्शिता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्मेलनमा देशभरका लेखा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको छ। जसले पेशागत अनुभव आदानप्रदान तथा नीतिगत छलफललाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

सम्मेलनको सुरुवातले नेपालका लेखा पेशेवरहरूबीच सहकार्य, दक्षता र जिम्मेवारी अभिवृद्धि गर्ने दिशामा प्रेरणादायी सन्देश दिएको आयोजकहरूले बताएका छन्। यस वर्षको सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी र आर्थिक स्थायित्व सुदृढीकरणमार्फत नेपालका लागि दिगो आर्थिक रूपान्तरण’ रहेको छ। तस्विरहरू:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।