Skip to content

लेखा व्यवसायीहरूको पाँचौं राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदै

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले लेखा व्यवसायीहरूको पाँचौं राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुने जनाएको हो ।

संस्थाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सम्मेलनमा लेखा व्यवसायसँग सम्बन्धित समसामयिक विषयहरू, आर्थिक तथा नीतिगत चुनौतीहरू, र व्यवसायको विकासका अवसरहरूबारे व्यापक छलफल हुनेछ। सम्मेलनले नीति निर्माण प्रक्रियामा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

यस वर्षको सम्मेलनको मुख्य विषय “विश्वव्यापी र आर्थिक स्थायित्व सुदृढीकरणमार्फत नेपालका लागि दिगो आर्थिक रूपान्तरण” रहेको छ। सम्मेलनमा पूर्व अर्थमन्त्री, आर्थिक क्षेत्रका विज्ञ, लेखा व्यवसायी तथा सूचना प्रविधि विशेषज्ञहरूको सहभागिता रहनेछ।

सम्मेलन अन्तर्गत विभिन्न प्राविधिक सत्रहरू सञ्चालन गरिनेछन्, जसमा आर्थिक रूपान्तरण, डिजिटल प्रविधिको प्रयोग, ESG अभ्यासको कार्यान्वयन, तथा व्यवसायिक विकासका चुनौतीहरूबारे प्रस्तुति र छलफल गरिनेछ।

साथै, नेपाललाई अन्तर्राष्ट्रिय आउटसोर्सिङ केन्द्रको रूपमा विकास गर्ने सम्भावना र आवश्यक दक्ष जनशक्तिको विकासबारे पनि विचार- विमर्श गरिने जनाइएको छ। आयोजकका अनुसार सम्मेलनमा देशभरबाट सयौं लेखा व्यवसायी तथा कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।