Skip to content

आइक्यान र विश्व बैंकबीच छलफल, के के भयो कुरा ?

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र विश्व बैंकबीच छलफल भएको छ। नेपालमा सार्वजनिक वित्त व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यसहित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र विश्व बैंकबीच महत्वपूर्ण बैठक सम्पन्न भएको हो ।

उक्त बैठक नेपाल सार्वजनिक वित्त समीक्षा (PFR) को सन्दर्भमा आयोजना गरिएको हो।

बैठकमा मुख्यत: निजी क्षेत्रको नेतृत्वमा हुने आर्थिक वृद्धि र रोजगारी सिर्जनालाई तीव्रता दिने लक्ष्यसहित ठोस कर सुधारका उपायहरूबारे विस्तृत छलफल भएको थियो। सहभागीहरूले वर्तमान कर प्रणालीको सुधार, लगानीमैत्री वातावरण निर्माण तथा आर्थिक गतिविधि विस्तारमा केन्द्रित नीति आवश्यकतामाथि जोड दिएका थिए।

कार्यक्रममा आइक्यानका अध्यक्ष सीए नीलबहादुर सारु मगर, उपाध्यक्ष, परिषद् सदस्यहरू तथा वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी विश्व बैंकका तर्फबाट वरिष्ठ सार्वजनिक क्षेत्र विशेषज्ञ सुश्री मार्सेला रोजो लगायतका विज्ञहरूको सहभागिता थियो।

बैठकले नेपालमा दिगो आर्थिक विकासका लागि प्रभावकारी वित्तीय नीतिको आवश्यकता औंल्याउँदै निजी क्षेत्रको सक्रिय भूमिकालाई अझ सशक्त बनाउने सहमति व्यक्त गरेको छ।

आइक्यानले देशको समग्र वित्तीय संरचना सुदृढ बनाउन आफ्नो व्यावसायिक विशेषज्ञता प्रयोग गर्दै भविष्यमा पनि यस्ता पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।