काठमाडौँ । प्राइम सिएको वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । सन् २००४ मा स्थापना भई सिएको सबै तहको तयारी कक्षा सञ्चालन गर्दै आएको प्राइम सिएले २२औँ वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्राइम सिएमा अध्ययन गरी सन् २०२५ मा सिए बन्न सफल विद्यार्थीहरू, ‘र्यांक होल्डर’ विद्यार्थीहरू, अन्य कलेजका प्राचार्यहरू तथा बोर्डका विशिष्ट सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्राइम सिएका अध्यक्ष सिए नवराज बुर्लाकोटीले प्राइम सिएले आफ्नो २२ वर्षे यात्रामा विद्यार्थीहरुको निरन्तर मेहनत र विश्वास, अभिभावकहरूको सहयोग, योग्य कर्मचारीहरू, दक्ष तथा अनुभवी शिक्षक समूहको योगदानबाट सिएको प्रत्येक तहमा प्राइम सिएका विद्यार्थीहरूले सर्वोत्कृष्ट नतिजा हासिल गरेको र १२०० बढी विद्यार्थीहरू सिए बन्न सफल भएको बताएका छन् ।
त्यस्तै, उनले सन् २०२५ मा नेपाल बोर्डबाट सिए हुने १ सय ८७ जनामध्ये १०४ जना प्राइमको विद्यार्थी रहेको समेत जानकारी गराएका छन् ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा प्राइम सिएमा अध्ययन गरी सन् २०२५ मा सिए उत्तीर्ण भएका विद्यार्थीहरु तथा सन् २०२५ मा प्रत्येक तहमा ‘र्यांक होल्डर’ बन्न सफल विद्यार्थीलाई विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित विद्यार्थीहरुले मन्तव्य दिँदै प्राइम सिएको उच्चस्तरीय शैक्षिक वातावरण, गुणस्तरीय पाठ्यसामग्री, दक्ष व्यवस्थापन, अनुभवी तथा खारिएका स्रोत व्यक्तिहरूको सही मार्गदर्शनले आफूलाई लक्ष्य प्राप्त गर्न सहज भएको बताएका छन् ।
सोही क्रममा संस्थाले आधुनिक सुविधा सम्पन्न आफ्नै भवन निर्माण गर्ने दीर्घकालीन योजना अनुरुप अहिले नयाँ बानेश्वर, काठमाडौँ र ग्वार्को, ललितपुरमा अन्तर्राष्ट्रिय स्तरको संरचना निर्माण कार्य भइरहेको र निकट भविष्यमा आफ्नै भवनबाट शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने तयारी भइरहेको जानकारी पनि गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्