Skip to content

बालेन सरकारलाई नेपाल ट्याक्सपेयर्स सोसाइटीको बधाई, अघि सारियो करदाताका १० माग !

काठमाडौँ । नेपाल ट्याक्सपेयर्स सोसाइटीले बालेन सरकारलाई बधाई दिएको छ । सोसाइटीले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै बालेन सरकारलाई बधाई दिएको हो । सोसाइटिले बधाईसँगै बालेन सरकार समक्ष करदाताका १० माग अघि सारेको छ ।

यस सरकारप्रति सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण तथा जनजीविकामा प्रत्यक्ष सुधार ल्याउने उच्च अपेक्षा गरिएको छ ।

‘सर्वप्रथम त हामि, नेपाल ट्याक्सपेयर्स सोसाइटिको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । आज बन्ने मन्त्रिपरिषद्को पहिलो बैठकमै ५० सुधार घोषणा गर्ने तयारी भएको परिपेक्षमा नेपाल भरी रहेका सबै करदाताको पक्षमा बहस र पैरवी गर्ने यस संस्थाले करदातामैत्री, पारदर्शी र प्रभावकारी कर प्रणाली निर्माणका लागि देहायका विषय समेटिने अपेक्षा गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता छन् १० मागहरु

– आय विवरण (डे ३ /डे ४) अनलाइन सिस्टममा प्रविष्ट गर्दा बुझाइसकेका वित्तीय लेखापरिक्षण प्रतिवेदन तथा अन्य आवश्यक कागजातहरु पुनः प्रिन्ट गरी कार्यलयमा पेश गर्नुपर्ने व्यवस्थाको अन्त्य गरी कर चुक्ता प्रणालीलाई पूर्ण स्वचालित बनाउने ।

– विषयगत कानुनले तोकेका कर सुविधाहरु आर्थिक ऐनमार्फत स्वतः कार्यान्वयन हुने व्यवस्था गर्ने तथा आवश्यक परे सम्बन्धित ऐनहरू संशोधन गरी एकीकृत प्रणाली लागू गर्ने ।

– आयकर ऐनको दफा १०१(३) अनुसार कर परिक्षण अवधि २ वर्षमा सिमित गर्ने साथै कर परिक्षण फेसलेस (Digital) बनाउने ।साथै, वार्षिक रु. ५ करोडभन्दा माथिको कारोबार भएका संस्थाहरूका लागि वित्तीय लेखापरीक्षणसँगै अनिवार्य कर लेखापरीक्षण लागू गर्ने ।

– हरेक आन्तरिक राजस्व कार्यालयमा चार्टर्ड एकाउन्टेन्ट (CA) लाई कर विज्ञको रूपमा दरबन्दी सिर्जना गर्ने तथा राजस्व न्यायाधिकरणमा उनीहरूलाई बहस गर्ने कानुनी व्यवस्था सुनिश्चित गर्ने ।

– आन्तरिक राजस्व विभागले आफै कर निर्धारण तथा पुनरावलोकन गर्ने विद्यमान व्यवस्थालाई सुधार गर्दै अर्थ मन्त्रालय अन्तर्गत स्वतन्त्र र विज्ञसहितको पुनरावलोकन निकाय स्थापना गर्ने । कर सम्बन्धी मुद्दाको टुंगो लगाउने अधिकतम समयसीमा २ वर्ष निर्धारण गर्ने तथा पुनरावलोकनका लागि राख्नुपर्ने धरौटी रकम १०% मा सीमित गर्ने ।

– व्यापारी उधारो असुली ऐन तत्काल संसदमा पेश गर्ने ।

– सामाजिक सुरक्षा कोषमा अनिवार्य जम्मा गर्नुपर्ने रकम ५ लाख माथि हुँदा कर नलगाउने वा सो माथि रकम जम्मा गर्न नपर्ने व्यवस्था गर्नुपर्ने ।

– आन्तरिक राजस्व विभागको प्रणालीमार्फत वार्षिक रु. २५ करोडभन्दा बढी खरिद बिक्रीको कारोबार गर्ने करदाताहरूलाई अनिवार्य रूपमा विद्युतीय बिजक जारी गर्ने व्यवस्था लागू गर्ने ।

– नियमित एवं पारिवारिक कारण वा मृत्यु पश्चातको शेयर दाखिला खारेज तथा नामसारीको हकमा आयकर ऐनको दफा ५७ आकर्षित नहुने व्यवस्था गर्ने ।

– सबै प्रकारका व्यवसाय (प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी) दर्ता गर्नका लागि एकल अनलाइन प्रणाली विकास गर्ने, जसबाट दर्ता प्रमाणपत्र, इजाजतपत्र तथा स्थायी लेखा नम्बर (PAN) एकैपटक उपलब्ध हुने व्यवस्था गर्ने। साथै, वार्षिक नवीकरण प्रक्रिया पनि पूर्ण रूपमा अनलाइन बनाउने । आदि ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।