Skip to content

कृषि विकास बैंकका अध्यक्ष पौडेल तत्कालै हट्ने, नहटे रास्वपाले निकाल्ने !

काठमाडौँ। कृषि विकास बैंकका अध्यक्ष डिम प्रकाश पौडेल तत्कालै हट्ने भएका छन्। एमालेको नेता बनेकै कारण कृषि विकास बैंकको अध्यक्ष पदमा नियुक्त भएका उनलाई रास्वपाले हटाउने तयारी गरको हो ।

पौडेलले पदबाट राजिनामा नदिए उनलाई हटाउने तयारी रास्वपाले गर्ने तयारी गरेको छ।

पौडेलसँगै रास्वपाले राष्ट्रिय वाणिज्य बैंकका संचालक हरि सिलवाल, अध्यक्ष देवकुमार ढकाल लगायतलाई पनि हटाउने तयारी गरेको छ ।

यसअघि पनि एमाले भएकै कारण हरि कुमार सिलवालले बैंकको ऋणी हुँदाहुँदै गैरकानुनी रुपमा बैंकको संचालक पद पाएको भन्दै उनलाई पनि बर्खास्त गर्नुपर्ने माग उठेको थियो।

कृषि विकास बैंकका अध्यक्ष डिम प्रकाश पौडेल तिनै व्यक्ति हुन् जसले बालेन शाहले ३० हजार भोट कटाए ३० दिन काठमाडौँमा बस्दिन भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट समेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।