Skip to content

सिए अजय चौरासियाले ल्याए ५३७ मत !

काठमाडौँ। सिए अजय चौरासियाले ५३७ मत ल्याएका छन्। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सिए अजय चौरासियाले ५३७ मत ल्याएका हुन्।

उनी नाराभन्दा नीति, भावनाभन्दा तथ्य र लोकप्रियताभन्दा उत्तरदायित्वलाई प्राथमिकता दिने नयाँ पुस्ताका प्रतिनिधि नेता मानिन्छन्।

सत्ता प्राप्ति होइन, राज्य प्रणालीलाई जनपक्षीय, न्यायोचित र अनुशासित बनाउने लक्ष्यका साथ उनी राजनीतिमा सक्रिय छन्। वि.सं. २०४९ वैशाख १६ गते जन्मिएका अजय चौरसिया पर्सा जिल्ला, वीरगञ्ज १६ का स्थायी बासिन्दा हुन्।

मधेशको सामाजिक-आर्थिक यथार्थ, सीमावर्ती व्यापार, साना तथा मझौला उद्यम, बैंकिङ शोषण, श्रमिक र युवाका समस्यालाई उनले नजिकबाट अनुभूत गरेका छन्, र उनको जीवन यात्रा सुविधाभन्दा मेहनत, सिफारिसभन्दा क्षमता र अवसरवादभन्दा सेवाभावमा आधारित रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।