काठमाडौँ। सिएहरुको लगानी रहेको हिमालयन रियल्टर्सले घरजग्गा सम्बन्धी कारोबार गर्ने लाईसेन्स पाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले फागुन ४ गते कम्पनीलाई घरजग्गा सम्बन्धी कारोबार गर्न मिल्नेगरी लाईसेन्स दिएको हो।
हिमालयन रियल्टर्स नेपालको ‘पहिलो’ रियल स्टेट ब्रोकर कम्पनी बनेको छ। कम्पनीको लाईसेन्स नम्बर BRK1835451 रहेको छ।
कम्पनीले मालपोत ऐन, २०३४ को दफा २६क. तथा मालपोत नियमावली, २०३६ को नियम २३ को उपनियम (२) बमोजिम घरजग्गा सम्बन्धी कारोबार गर्न लाईसेन्स पाएको हो।
कम्पनीका अध्यक्ष माधव पोखरेल हुन् भने अन्य संचालकमा प्रकाश अधिकारी र सरिता ज्ञवाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्