Skip to content

दुई वरिष्ट सिएहरु जोडिएको मुद्धामा आइक्यानबाट विशेषज्ञ झिकाउन अदालतको आदेश !

काठमाडौँ । आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासहित अन्य दुई सिए एलडी महत र उमेश ढकाल जोडिएको राजस्व चुहावट सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले आइक्यानसहितबाट विशेषज्ञ झिकाउने आदेश दिएको छ।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले महालेखा परीक्षकको कार्यालय, आन्तरिक राजस्व विभाग र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट विशेषज्ञ झिकाउन भनिएको छ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा, कर फर्छ्यौट आयोगका अध्यक्ष सिए लुम्बध्वज महत र सदस्य सिए उमेश ढकालले १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो मुद्धाको अधिकांस कागजात जेनजी आन्दोलनका क्रममा जलिसकेको छ । आइक्यानबाटै विज्ञ झिकाउने आदेशपछि सिएहरुले यो केसमा सफाई पाउने आश बढेको छ । हालसम्म आइक्यानले आफ्ना सदस्यहरुविरुद्ध विज्ञ राय दिएको इतिहास नभएकाले अव आइक्यानले नै दुई सिएलाई जोगाउन सक्ने अड्कल काट्न थालिएको छ ।

मुद्धाको मिसिलसमेत अधिकांस जलिसकेको अवस्थामा आएको अदालतको यो आदेशले मुद्धालाई नयाँ मोड दिन सक्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।