काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले २९ औं वार्षिकोत्सवको अवसरमा प्यानल छलफल गरेको छ। आइक्यानले २९ औं वार्षिकोत्सवको अवसरमा माघ १७ गते शनीबार होटेल रेडिसन काठमाडौँमा पहिलो सत्र, दोस्रो सत्र र तेस्रो सत्र गरी कुल तीन सत्रको प्यानल छलफल गरेको हो।
पहिलो सत्रमा आइक्यानले ‘ग्लोबल अकाउन्टिङ एण्ड फाइनान्स आउटसोर्सिङ ट्रेन्ड्स, रिजनल इनसाइट्स र इमर्जिङ ग्लोबल अपरच्युनिटीज’ विषयमा छलफल गरेको थियो। ग्लोबल अकाउन्टिङ एण्ड फाइनान्स आउटसोर्सिङ सम्मेलनको पहिलो सत्र सरकारी स्थिरता, व्यवसाय गर्न सजिलो, भाषा प्रवीणता, प्रतिभाको गहिराइ, व्यावसायिकता र लागत कारक आउटसोर्सिङ बजारका प्रमुख चालक हुन् भन्ने कुरामा केन्द्रित थियो।
साथै, प्रविधि अनुकूलन, सीप विकास, रणनीतिक नेतृत्व र परम्परागत बहीखाताबाट नयाँ युगको लेखा जस्तै रोबोटिक प्रक्रिया स्वचालन, एआई स्वचालन उपकरणहरू आदिमा परिवर्तनको साथ नेपालले विश्वव्यापी अकाउन्टिङ एण्ड फाइनान्स आउटसोर्सिङ बजारमा आफूलाई प्रतिस्पर्धी खेलाडीको रूपमा स्थापित गर्न सक्छ भन्ने छलफल भएको थियो। सत्रको अध्यक्षता आइक्यानका अध्यक्ष नील बहादुर सारु मगरले गरेका थिए। जसमा, NOW CFO का रिमोट सर्भिसेजका निर्देशक दाविद हिलले यस विषयमा मुख्य भाषण दिएका थिए । AGK पार्टनर्सका पार्टनर सरोज सापकोटा, आउटसोर्सिङ पार्टनर र प्रमुख-सेन्टर अफ एक्सिलेन्स JHS कन्सल्टिङ सिए धवलकुमार दीपक ठक्कर र स्ट्रेलिङ वेल्सका सिइओ राजु गजुरेलले प्यानल सत्रमा मुख्य भाषण दिएका थिए। पहिलो सत्रका खास झलक:
त्यस्तै, दोस्रो सत्रमा ‘नेपालमा बीपीओ, केपीओ र आईटी आउटसोर्सिङ: प्रवृत्ति, आर्थिक प्रभाव र नीतिगत हस्तक्षेप’ को बारेमा छलफल भएको थियो। दोस्रो सत्रमा नेपालमा बीपीओ, केपीओ क्षेत्रका लागि विद्यमान नीतिहरू, चुनौतीहरू र पहलहरूमा केन्द्रित थियो। सत्रको क्रममा सिएआनन्द राज शर्मा वाग्लेले गेन परियोजनाले अर्को दशकमा वार्षिक १,५०,००० भन्दा बढी रोजगारी सिर्जना गर्ने र ६ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा आम्दानी गर्ने लक्ष्य राखेको जनाएका थिए। दोस्रो सत्रका खास झलक:
यता तेस्रो सत्रमा ‘सानो सुरुवात गर्दै, विश्वव्यापी सोच: अन्तर्राष्ट्रिय आउटसोर्सिङ संलग्नताको लागि नेपाली लेखा फर्महरूको तयारी’ विषयमा छलफल भएको हो। उक्त छलफलमा नेपालमा आउटसोर्सिङ व्यवसायमा संलग्न पेशेवरहरूले वास्तविक जीवन अनुभव साझा गर्ने कुरामा केन्द्रित थियो।
सत्रको अध्यक्षता आइक्यानका काउन्सिल सदस्य सिए उमेश राज पाण्डेयले गरेका थिए । तेस्रो सत्रका खस झलक:


प्रतिक्रिया दिनुहोस्