Skip to content

आइक्यान ३०औँ वर्षमा प्रवेश

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को २९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। माघ १७ गते अर्थात् शनीबार काठमाडौँस्थित होटेल रेडिसनमा आइक्यानको २९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।

आइक्यानले माघ १७ गते अर्थमन्त्री रामेश्वर खनालको प्रमुख अतिथि र माननीय महालेखा परीक्षक तोयम राई र वित्तीय नियन्त्रक शोभा कान्त पौडेलको विशेष अतिथिको उपस्थितिमा आफ्नो २९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमको अध्यक्षता आइक्यानका अध्यक्ष सिए नीलबहादुर सारु मगर, उपाध्यक्ष सिए आनन्द राज शर्मा वाग्ले र आइक्यानका कार्यकारी निर्देशक बिमल डांगोले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यस्तै, आइक्यानले ८औँ दीक्षान्त समारोह माघ १६ गते सम्पन्न गरेको थियो। महालेखापरीक्षक तोयम राया प्रमुख अतिथि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ विशिष्ट अतिथि रहेको उक्त समारोहमा १४१ जना चार्टर्ड एकाउन्टेन्स् दीक्षित भएका थिए। समारोहमा आइक्यान अध्यक्ष सिए निलबहादुर सारु मगरले नयाँ सिएहरूलाई स्वागत गर्दै संस्थाले लिएको पहलकदमीबारे जानकारी गराएका थिए ।

यस अवसरमा आइक्यानले आयोजना गरेको क्विज र पब्लिक स्पिकिङ प्रतियोगिताका विजेतालाई मेडल र पुरस्कार वितरण पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।