Skip to content

ज्योति विकास बैंकले माग्यो चार्टर्ड एकाउन्टेन्ट, तर, सिएसँगै ब्याचलर पास नगरेकाले भने अप्लाई गर्न नपाउने !

काठमाडौँ। ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै चिफ क्रेडिट अफिसर पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले जारी गरेको सूचनामा सिएसँगै ब्याचलर पास नगरेकाले भने अप्लाई गर्न नपाउने उल्लेख गरेको छ। बैंकले निकालेको यो सूचनामा कतिपय सिएहरुले विरोध पनि गरेका छन् ।

बैंकले सिएको माग गर्दा  अनिवार्य ब्याचलर पढेको हुनुपर्ने जनाएपछि विरोध भएको हो।

बैंकले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले माघ १३ गतेभित्र आवेदन दिन सक्ने जनाएको छ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।