Skip to content

आइक्यानद्वारा नयाँ विद्यार्थीहरूलाई स्वागत, ४२५ जना विद्यार्थी भौतिक रुपमा सहभागी (तस्विरहरू)

काठमाडौँ। नेपाल चार्टर्ड एकाटन्टेन्टस् संस्था (आइक्यान) ले सीए अध्ययन गर्न भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पुस १३ गते काठमाडौँको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्न भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

जुन २०२६ ब्याचको लागि चार्टर्ड एकाउन्टेन्ट शिक्षाको पहिलो तह फाउन्डेसन लेवलमा भर्ना भएका विद्यार्थीहरुलाई संस्था र चार्टर्ड एकाउन्टेन्ट शिक्षाबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । अभिमुखीकरण कार्यक्रममा संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगरले विद्यार्थीलाई लेखा व्यवसाय क्षेत्रका नवीन परिवर्तनहरु आत्मसात गर्दै चार्टर्ड एकाउन्टेन्ट यात्राका लागि शुभकामना दिएका छन् ।

संस्थाका उपाध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेले विद्यार्थीहरुले नयाँ सोच, जोस र जाँगरसहितको योग्य पेशाकर्मी बन्न कोसिस गर्नुपर्नेमा जोड दिएका छन् । संस्थाका कार्यकारी निर्देशक सीए बिमल डंगोलले विद्यार्थीलाई यस शिक्षामा स्वागत गरे ।कार्यक्रममा संस्थाका सहायक निर्देशक सिए गौरब खतिवडाले संस्था र सिए शिक्षाको विषयमा प्रस्तुतीकरण दिए ।

साथै, पार्षद् सिए हरिकुमार सिलवाल, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर सिए महाप्रसाद अधिकारी, संस्थाका निवर्तमान अध्यक्ष सिए प्रविणकुमार झा, क्याप थ्रीका टपर सागर ज्ञवालीले आफ्नो सिए यात्रा, सिए करिअरका विविध आयाम लगायत विषयवस्तु समेट्दै प्रेरणादायी वक्तव्य दिएका थिए ।

कार्यक्रममा करिब ४२५ विद्यार्थी भौतिक रुपमा सहभागी थिए । तस्विरहरू:

 

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।