काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) मा नयाँ निर्वाचित टिम आएको छ । अध्यक्षमा अनुप नेपालले सानदार बिजय हाँसिल गरेका छन् भने उपाध्यक्षमा अनिल लामिछानेले बाजी मारेका छन् ।
कोषाध्यक्षमा सविन कार्की निर्विरोध भएका थिए भने महासचिवमा प्रदीप अर्यालले पनि दमदार जित निकालेका छन् ।
चुनावको नतिजा हेर्दा ‘एक्यान मेरै मात्र हो’ भन्नेहरुको जग हल्लिएको महसुस भएको मात्र छैन, एक्यानमा जुझारु टिम आएको छ भन्ने प्रष्ट देखिन्छ । तर यस्तो जनमत हुँदै गर्दा पनि चुनावमा देखिएका केहि दृश्यले धेरैको मन अमिलो बनाएको छ ।

१. निर्वाचन अधिकृत नै कसैको पक्ष विपक्षमा लागेको प्रष्ट अनुभव धेरैले गरे । नामावलीमा नाम नै नभएका कोहिलाई भोट हाल्न दिएका निर्वाचन अधिकृत गोपाल श्रेष्ठले आइक्यानका पूर्व दुई अध्यक्षलाई भोट हाल्न दिएनन् । कि दुवै केसमा हुन्न भन्नुपर्थ्यो, कि दुवै केसमा हुन्छ भन्नुपर्थ्यो । निर्वाचन अधिकृत नै तथष्ट देखिएनन् ।
सिकाई : निर्वाचन अधिकृत अव पावरको दुरुपयोग गर्न तिर लागको हो कि भन्ने शंकालाई बल पुगेको छ । त्यसैले अहिलेका निर्वाचन अधिकृत परिवर्तन नगरे गलत नजिर बस्नेछ ।

२. एक्यानको निर्वाचनमा आइक्यानका पदाधिकारीहरु नै कार्यकर्ता शैलीमा भोट माग्दै थिए । आइक्यान भनेको अभिभावक संस्था हो । अभिभावकका लागि सबै समान हुनुपर्थ्यो, तर भएन ।
सिकाई : यो गलत हर्कतले सहि ठाउँमा पुर्याउँदैन । ‘दाजु’हरु सच्चिन जरुरी छ ।

३. निर्वाचनका क्रममा एकै उम्मेदवारले मात्र २१ लाखसम्म खर्च गरेको विवरण छ । चुनावको पार्टीपछि झन् खर्च बढ्नेछ । चुनाव महँगो भएको छ ।
सिकाई : यो अभ्यास सहि हुनै सक्दैन । भड्किलो निर्वाचनलाई सरल बनाईनुपर्छ ।
४. आईपीपीलेसमेत भोट हाल्न नपाउनु दुखद मात्र होइन, संघकै बेइज्जतीलो हर्कत हो । यस कुरामा संघले ख्याल गर्नुपर्छ । संघले आफ्नै संघका आइपीपीलाई समान नगर्नु भनेको संघकै अपमान गर्नु हो ।
सिकाई : अर्को पटक यस्ता कुरामा ख्याल गर्नुपर्छ ।
५. दुई भोट फर्जी खसेका छन् । भलै, जसले फर्जी भोट हाल्न लगाएका थिए, ती उम्मेदवारले नै हारेका छन् । निर्वाचनका समयमा विवाद हुँदा निर्वाचन अधिकृत भन्दा संघका अध्यक्ष नै हाबी देखिए । यो गलत अभ्यास हो ।

सिकाई : निर्वाचन अधिकृतको भूमिकाबारे सबै प्रष्ट हुनुपर्छ । निर्वाचन अधिकृत पनि अलि हक्की स्वभावको हुनुपर्छ । आफु नै उम्मेदवारको पक्षमा लाग्ने अनि विवाद आएपछि कार्यसमिति देखाउने प्रवृतिले सहि ठाउँमा पुर्याउँदैन ।
६. चुनावका कारण जताततै ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको देखिन्थ्यो । सडक जनताको हो । संघले यसको उचित व्यवस्थापन गर्नुपर्थ्यो ।
सिकाई : पार्किङ्ग गज्जब भएको ठाउँ खोजेर निर्वाचन गरिनुपर्छ ।

७. मतदान केन्द्र भित्रै भिडियो खिच्ने काम भईरहेको थियो, जुन प्रचलित निर्वाचन आचारसंहिताभित्र पर्दैन । उमेद्वारकै प्रायोजन कम्पनीले चुनाव एरियामा विज्ञापन गरिरहेका थिए, जुन पनि गलत हो । निर्वाचन समयमै पनि एसएमएसहरु आईरहेका थिए । यो काम पनि गलत हो ।
सिकाई : यस्ता विषयमा अव सटिक कार्यविधि, वा नियम बनाउनुपर्छ ।
यति कुरामा ध्यान दिन सकिएन भने गलत नजिर बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्