काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को चुनाव कार्तिक २२ गते अर्थात् भोलि हुने भएको छ। एक्यानको चुनाव बिहान ९ बजेदेखि सुरू हुने भएको हो ।
एक्यानको निर्वाचनमा फर्जी मत हाल्ने तयारी भइरहेको बुझिएको छ। संघको चुनावमा अघिल्लो पटक पनि फर्जी मत खसेको थियो । यसपटक पनि फर्जी मत खस्ने तयारी हुँदा सतर्कता अपनाउनु पर्ने ठाउँमा हालसम्म कुनै पनि सतर्कता अपनाइएको छैन।
अघिल्लो पटकको चुनावमा फर्जी मत खसेको थाहा हुँदा पनि आफ्नो कार्यसमिति नै अवैध हुने निष्कर्षपछि वर्तमान कार्यसमिति र त्यति बेला निर्वाचन गराएको कार्यसमितिले सो घटना सामसुम पारेका थिए । यो पटक पनि यस्तै हुने सम्भावना प्रवल देखिएको छ।

प्रतिक्रिया दिनुहोस्