Skip to content

सीए अनुपमा दक्षिण एसियामा पछ्याउनु पर्ने १० शीर्ष आवाजहरूको सूचीमा

काठमाडौँ। सीए अनुपमा संग्रौला दक्षिण एसियामा पछ्याउनु पर्ने १० शीर्ष आवाजहरूको सूचीमा परेकी छिन्। वित्तीय साक्षरता र कर शिक्षामा जनचेतना फैलाएर ठुलो भुमिका खेलेर सामाजिक सञ्जालमा ३२५,००० भन्दा बढी फलोअर्सको समुदाय निर्माण गरेकी उनी दक्षिण एसियामा पछ्याउनु पर्ने १० शीर्ष आवाजहरूको सूचीमा परेकी हुन्।

उनले वित्तीय साक्षरता र कर शिक्षा सम्बन्धी छोटो र प्रभावकारी भिडियो सामग्रीहरू इन्स्टाग्राम र टिकटकमा प्रस्तुत गर्दै लाखौं फलोअर्स कमाएकी हुन्।

छोटो समयमै टिकटक र इन्स्टाग्राममार्फत वित्तीय साक्षरताको सन्देश फैलाएर चर्चामा आएकी चार्टर्ड एकाउन्टेन्ट अनुपमा सङ्ग्रौलाले आफ्नो युट्युब जर्नि पनि सुरु गरेकी छिन् । उनले लामा भिडियोमार्फत पनि वित्तीय सचेतना फैलाउन सुरु गरेकी छिन् ।

सिए महिलाका रुपमा आफ्नो अलग्गै नाम बनाउन सफल संग्रौलाले बनाएका भिडियोहरु लाखौँले हेरिरहेका छन् । ऋण कसरी नियन्त्रण गर्ने, बचत गर्ने व्यवहार कसरी विकास गर्ने, लगानी गर्ने सोच कहाँबाट सुरु गर्नेजस्ता विषयहरू उनले सरल भाषामा समेटेकी हुन्छिन् । उनी युवामाझ सार्है चर्चित छिन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।