Skip to content

महावीरको बदनाम गर्ने चार्टर्ड एकाउन्टेन्ट बुढाथोकी मेनेजिङ पार्टनरबाट हटा’इए, अब आइक्यानले के गर्ला ?

काठमाडौँ । महावीर पुनको नाम बदनाम गरेर विवादमा तानिएका चार्टर्ड एकाउन्टेन्ट कृष्णहरी बुढाथोकीलाई उनका साझेदार (पार्टनर)हरुले म्यानेजिङ पार्टनरबाट हटाएका छन् ।

पुनको बदनाम गरेको, विवादित अभिव्यक्ति दिएको, सिए फर्मको परिचयपत्रको दुरुपयोग गरेको लगायतका तथ्य सार्वजनिक भएपछि उनी कार्यरत सिए फर्म आरपिकेएस एण्ड एसोसिएट्सले विज्ञप्ति नै जारी गरेर उनलाई तत्कालका लागि पार्टनरबाट हटाएको हो ।

फर्मका साझेदार प्रज्ज्वल अधिकारीले बुढाथोकीलाई हालका लागि पार्टनरबाट हटाइएको, सम्पर्कविहीन भएकाले सम्पर्कमा आउन भनिएको र दुईबुँदे स्पष्टिकरण सोधिएको पुष्टि गरे ।

उनी आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले समेत कारवाहीका लागि पार्टीले उनी कहाँ संगठित छन् ? भन्ने तथ्य बुझिरहेको बताइएको छ ।

यता नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) मा तीन फरक फरक उजुरी परेको छ । एउटा उजुरीमा त उनको लाइसेन्स खारेज गर्नसमेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।