Skip to content

सिएहरूलाई पक्राउ गरेकोमा एक्यानको गम्भीर ध्यानाकर्षण

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) का पूर्व महासचिव सिए प्रदिप सिग्देललाई प्रहरी प्रशानले जेनजी आन्दोलनमा ऐक्यबद्धता जनाइएको भन्दै पक्राउ गरेकोमा संघले गम्भीर ध्यानाकर्षण जनाएको छ।

संघका पूर्वमहासचिव सीए प्रदीप सिँह देउलालगायत अन्य केही सदस्यहरूलाई प्रहरी प्रशासनले जेनजी आन्दोलनमा ऐक्यबद्धता जनाइएको भन्दै पक्राउ गरेकोमा संघले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

एक्यानले सूचनामा उल्लेख गरेको छ, ‘नेपालको संविधान २०७२ अनुसार धारा १७ प्रत्यक्ष-अप्रत्यक्ष स्वतन्त्रता, विचार अभिव्यक्ति र शान्तिपूर्ण भेला गर्ने मौलिक हकको रक्षा गर्छ। संविधान प्रदत्त यी मौलिक अधिकारहरूको प्रयोग गर्दा कुनै पनि व्यक्तिलाई दमन गर्न मिल्दैन। शान्तिपूर्ण प्रदर्शनकारीहरू र विचार साझा गर्ने पेशाकर्मीहरूलाई दबाउन खोज्नु लोकतन्त्र र संविधान प्रदत्त अधिकारहरूको उल्लंघन हो। यसै क्रममा सीएप्रदीप सिँह देउलालसहित सम्पूर्ण प्रदर्शनकारीहरूलाई अनावश्यक रूपमा पक्राउ गरी तुरुन्त रिहा गर्न सम्बन्धित निकायहरूलाई गम्भीर रूपमा ध्यानाकर्षण गराउँदैछौं।’ सूचनासहित:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।