काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) को महिलातर्फ कार्य समिति सदस्यमा सजना मैनाली निर्विरोध निर्वाचित भएकी छिन्। संघको कार्यसमितिमा महिलातर्फ सजना मैनाली निर्विरोध निर्वाचित भएकी छिन् भने खुलातर्फ इशा अधिकारी, अन्जली सावद, सुमन न्यौपाने, रिजिता श्रेष्ठ, गुरु प्रसाद पोखरेल, र मिथलेश प्रसाद चौधरीले उम्मेदवारी दिएका छन् ।
संघको चुनाव यहि असोज ३ गते हुँदैछ । एक्यानको अध्यक्ष पदका लागि सिए अनुप नेपाल र बद्री गुरागाईंले उम्मेदवारी दिएका छन् । दुवै जनाले बिहीबार उम्मेदवारी दिएका हुन् ।
यता उपाध्यक्षमा सिए राज ढकाल, सिए अनिल लामिछाने, लोकेन ऐर उम्मेदवार बनेका छन् भने संघको महासचिवमा सिए सुनिल बुढाथोकी र सिए प्रदीप अर्याल एकआपसमा भिड्दैछन् ।
संघको कोषाअध्यक्षमा प्रदीप मल्ल र सविन कार्की उठेका छन् ।
प्रतिक्रिया दिनुहोस्