Skip to content

आइक्यान र राष्ट्रिय सहकारी नियामक प्राधिकरणबीच अन्तरक्रिया कार्यक्रम

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राष्ट्रिय सहकारी नियामक प्राधिकरण (NCRA) सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आइक्यानले भदौ १६ गते (आइतबार) राष्ट्रिय सहकारी नियामक प्राधिकरण (NCRA) सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

छलफल सहकारी क्षेत्रको नियमन, अनुगमन, लेखा परीक्षण, सूचना आदानप्रदान र सदस्यहरूको बचतको सुरक्षा सुनिश्चित गर्ने विषयमा केन्द्रित थियो।

आइक्यानका अध्यक्ष सीए नीलबहादुर सारु मगरले सहकारीमा नेपाल वित्तीय लेखा मानक (NAS) कार्यान्वयनमा रहेका चुनौतीहरूलाई प्रकाश पारेको थियो।

दुबै संस्थाहरूले प्रभावकारी सुपरिवेक्षण र सहकार्यको लागि सम्झौताको मस्यौदा तयार गर्न सहमत भएका छन्। जसले वित्तीय सुशासनलाई सुदृढ पार्ने दिशामा एक कदम अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।