काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को ३६औँ कार्यकारी समिति निर्वाचन असोज ३ गते संचालन हुने भएको छ । संघको ३६औँ कार्यकारी समिति निर्वाचन १९ सेप्टेम्बर २०२५ (३ अस्विन २०८२) मा संचालन हुने निर्णय कार्यकारी समिति बैठकबाट पारित भएको हो।
एक्यानको ३६औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन र प्रदेश तथा जिल्ला स्तरीय निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक भएको छ। उम्मेदवारी तथा निवार्चन सम्बन्धि कार्यतालिका भने छिट्टै राष्ट्रिय समाचारपत्रहरूमा प्रकाशित गरिने एक्यानले जनाएको छ। यो हेर्नुहोस्:
प्रतिक्रिया दिनुहोस्