Skip to content

सहकारी नियमन प्राधिकरणले पायो पूर्णता, सदस्यमा सीए महेश खनाल नियुक्त

काठमाडौँ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पूर्णता पाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्राधिकरणको सदस्यमा सीए महेश खनाललाई नियुक्ति गर्ने निर्णय गरेका छन्। सरकारले सदस्यमा चार्टर्ड एकाउन्टेन्ट नियुक्ति गर्ने निर्णय गरेसँगै प्राधिकरणले पूर्णता पाएको हो ।

सीए महेश खनाल नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान), नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) र लेखापरीक्षणमान बोर्डका पूर्व अध्यक्ष हुन् ।

मन्त्री अधिकारीले सदस्यको पद तथा गोपनियताको सपथग्रहण (आज ) सोमबार दिउँसो १ बजे गराउने भएका छन्।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।