काठमाडौँ। कर्णाली डेभलपमेन्ट घोटाला प्रकरणमा ४ अडिटरविरुद्ध मुद्धा दर्ता भएको छ । पक्राउ पूर्जी जारी भएर उनीहरु हाल फरार सूचीमा छन् ।
तर, यहि बीच ७८-७९ का लेखापरीक्षक प्रतीक श्रेष्ठ भने अडिट नसकिएका कारण मुद्धा दर्ताबाट जोगिएका छन् । सिआइबीले अनुसन्धानका क्रममा उनको संलग्नताबारे पनि खोजिनिधी गरेका थिए । तर उनले सो अडिट नसकेको भेटिएपछि श्रेष्ठविरुद्ध थप अनुसन्धान नै गर्नु नपर्ने निर्णयमा सिआईबी पुगेको थियो ।
श्रेष्ठका अनुसार उनले ७८-७९ को अडिटको काम लिएका थिए । अडिटका क्रममा उनले व्यवस्थापनसँग केही कागजात समेत मागेका थिए । तर, यहि बीच घोटाला प्रकरण सतहमै आएपछि अडिटको थप काम नै अगाडि बढेन । जसका कारण उनी यो प्रकरणमा जोगिए । `मैले कागजातहरु मागेको थिएँ । व्यवस्थापनले दिएको थिएन । यहि बेला घोटाला नै बाहिर आयो । अडिट सकिएन ।´ श्रेष्ठले सिए सरोकारसँग भने ।
यता कर्णालीका कर्मचारी भने घोटाला प्रकरण बाहिर आउन केही समय लागेको भए श्रेष्ठ फस्ने सम्भावना ठूलो थियो । `बिगतमाझैँ सब ठिक छ भनेर रिपोर्ट बन्नेवाला थियो । बल्ल बल्ल पाएको अडिटमा अडिटरले खास कैफियत लेख्ने आँट गर्ने वाला नै थिएनन् । तर अडिट साइन नगर्दा प्रतिकजी जोगिनुभयो ।´ बैंकका एक सिनियर कर्मचारीले सिए सरोकारसँग भने ।
प्रतिक्रिया दिनुहोस्