काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा लेखापरिक्षकहरु माथि पनि मुद्धा चलेपछि सिए क्षेत्रमा अहिले यो विषय चर्चाको विषय बनेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लेखापरिक्षकको समेत संलग्नता रहेको भन्दै मुद्धा चलाएपछि अहिले यो प्रकरण चर्चामा छ ।
सीआईबीले २०७० यता बैंकको लेखापरीक्षक रहेका भुवनप्रसाद गैरे, सुरेशचन्द्र श्रेष्ठ, बिनमकुमार श्रेष्ठ, केशवप्रसाद न्यौपाने र तुलाराम कुर्मी करोडौं आर्थिक अपचलनमा संलग्न रहेको दाबी गर्दै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कारबाहीको सिफारिस गरेको छ ।
यसैगरी २०७३ साउन १७ मा १ः२.२५ को दरले हकप्रद सेयर जारी गर्दा संस्थापक सेयरधनीको रकम जम्मा गर्न सोही संस्थामा ‘कल्स इन एडभान्स’ खाता खोली सूचना जारी गरिएकोमा नगदै जम्मा भएको, १० लाख बढी कारोबारको स्रोत पुष्टि नगरिएको, जम्मा गर्ने व्यक्तिको नाम उल्लेख नगरिएको, दस्तखत किर्ते गरिएको र कारोबार समयपछि ढिलो गरी अनियमित समयमा नगद जम्मा भएको जस्ता गम्भीर कैफियत लेखापरिक्षकले लुकाएको देखिएको छ । यस्तो गम्भीर अनियमिततामा पनि केहि नलेखेको भन्दै सीआईबीले अडिटरको भूमिकामाथि प्रश्न उठाएको छ ।
यति मात्र होइन, जोखिम मूल्यांकनमा चरम लापरवाही गरेको दाबी पनि सीआईबीको छ ।पाल अडिटिङ स्ट्याण्डर्ड बमोजिम, बाह्य लेखापरीक्षकले वित्तीय विवरणमा भएका दाबीहरूको विश्वसनीयता मूल्यांकन गर्न तेस्रो पक्षबाट पुष्टिकरण लिनुपर्नेमा त्यसो नगरिएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।
नक्कली / किर्ते मौज्दाद प्रमाणपत्र भेरिफाई नगरेको आरोप पनि अडिटरहरु माथि छ ।
सजिलै देखिने कैफियत पनि नदेखाएर बर्षौंसम्म सेयरधनीलाई गुहराहमा राखेको आरोपसमेत लेखापरिक्षकहरुलाई छ । लेखापरीक्षणका क्रममा संस्थाबाट माग गरिएका विवरणहरू उपलब्ध नगराएको लगायतका कुनै कैफियतहरू लेखापरीक्षण प्रतिवेदनमा उल्लेख नभएको सीआईबीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्