Skip to content

कर्णालीको केसमा अडिटर विरुद्ध मुद्धा : ‘आइक्यानले जोगाईहाल्छ नि’ भन्ने भ्रम तोडियो, कमजोर बैंकका अडिटर पनि तनावमा !

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको केसमा राम्रोसँग लेखापरीक्षण नगरेको भन्दै लेखापरिक्षकविरुद्ध नै मुद्धा दर्ता भएपछि समस्याउन्मुख बैंक तथा वित्तीय संस्थाका लेखापरिक्षकहरु पनि तनावमा परेका छन् । आइक्यानले जोगाईहाल्छ नि भन्ने भ्रममा देखेको कुरा पनि अनदेखा गर्ने सिएहरु कर्णालीको केसमा अडिटर विरुद्ध मुद्धा परेपछि तनावमा रहेको पाइएको हो ।   

पछिल्लो समय केहि बैंक तथा वित्तीय संस्था वित्तीय रुपमा कमजोर छन् । कतिपय बैंकलाई राष्ट्र बैंकले पहिलो चरणको कारवाही गरिसकेको छ भने केहिलाई राष्ट्र बैंकले कारवाही गर्ने चर्चा छ । कतिपय बैंकको वित्तीय स्थिति सार्है कमजोर हुँदा पनि अडिटरहरु कर्णालीकै पारामा सब ठिकठाक छ लेखिरहेका छन् ।
 
‘अव त कमजोर बैंकको अडिट कसले गर्ने ? आखिर समस्या त धेरै ठाउँमा छन् । धेरै बैंकमा घोटाला छ । ठिकठाक छ नलेखे काम पाइन्न, लेखे जेल जानुपर्ने डर भयो ।’ सिए सरोकारको सम्पर्कमा आएका एक चार्टर्ड एकाउन्टेन्ट भन्छन्- ‘आइक्यानले जोगाउँछ भन्ने भ्रम थियो, त्यो पनि तोडियो ।’
 
राष्ट्र बैंकले छिट्टै टेकओभर गर्ने चर्चा रहेका केहि बिकास बैंकमा पनि अडिटरले सब ठिक छ भन्ने आशयकै रिपोर्ट प्रस्तुत गरेका छन् । राष्ट्र बैंकले टेकओभर गरेको केसमा सीआईबीले बैंक घोटालाको थप अनुसन्धान गर्नेछ । त्यसपछि ती संस्थाका अडिटर पनि तानिनेछन् । कर्णाली डेभलपमेन्ट बैंकको केसमा केशब प्रसाद न्यौपाने तानिएजस्तै उनीहरु पनि तानिने पक्का भएपछि अहिले ती सिएहरु तनावमा छन् । अझ खास कुरा त के छ भने समस्याउनुम्ख केहि संस्थाका लेखापरिक्षक त आइक्यानको काउन्सिलमै छन् ।    

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।