काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा लेखापरीक्षकहरुविरुद्ध पनि मुद्धा दर्ता भएको छ । १ करोड ३५ लाख बिगो दाबी गर्दै ४ सिए विरुद्ध मुद्धा दर्ता भएको हो ।
सिआईबीका अनुसार भुवनप्रसाद गैरे, सुरेशचन्द्र श्रेष्ठ, बिनयकुमार श्रेष्ठ, केशबप्रसाद न्यौपाने तथा तुलाराम कुर्मीविरुद्ध मुद्धा दर्ता भएको छ । उनीहरुले सहि रुपमा लेखापरीक्षण नगरेको दाबी अनुसन्धान प्रतिवेदनको छ ।
नियामक आइक्यानले हेर्नुपर्ने केस भए पनि हदैसम्म लापर्वाही गरेका कारण उनीहरु विरुद्ध पनि मुद्धा दर्ता भएको सिआईबीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्