काठमाडौं । नेपाल धितोपत्र बोर्डको संचालकमा सिए आनन्द राज शर्मा वाग्ले संचालक भएर जाने भएका छन् । उनी आइक्यानको प्रतिनिधिका रुपमा त्यहाँ संचालक भएर जान लागेका हुन् ।
आइक्यानले उपाध्यक्षलाई संस्थाको प्रतिनिधिका रुपमा पठाउने चलन छ । यसअघि उपाध्यक्ष निल सारु बोर्डको संचालक थिए । उनी संस्थाको अध्यक्ष नियुक्त भईसकेपछि शर्मालाई बोर्ड पठाउनेगरी तयारी भएको हो ।
संस्थाले हरेक पटक उपाध्यक्षलाई प्रतिनिधि बनाएर बोर्डमा संचालक पठाउने चलन छ भने एक जना संस्थाका प्रतिनिधि बोर्डमा संचालकका रुपमा रहने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्