काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेटेन्टस संघ (एक्यान)को आशन्न चुनावका लागि अझै दुई महिना बाँकी हुँदा नै ठाउँ ठाउँमा गुट-गुटका भेला सुरु भएका छन् । काठमाडौं, पोखरा लगायतका ठाउँमा विभिन्न गुटका भेला सुरु भएका हुन् ।
यसपटकको चुनावमा अध्यक्ष पदका लागि ३ जनाले आफू उम्मेद्वार घोषणा गरिसकेका छन् भने एक जना आन्तरिक तयारीका साथ अघि बढ्ने योजनामा छन् । अनुप नेपाल र टीका कार्कीले घोषित रुपमै आफू उम्मेद्वार भएको बताईसकेका छन् भने बद्री गुरागाइँ उम्मेद्वार घोषणाको तयारीमा छन् । एकराज सिग्देलले पनि उम्मेद्वारी घोषणा गरेर `एटेन्सन सिक´ गर्ने प्रयास गरेका छन् ।
संघको उपाध्यक्षका लागि पनि विभिन्न पात्रहरु अघि सरेका छन् । जसमा अदालतबाट फरार भएका अभियुक्त देखि संघका पूर्व कार्यसमितिका सदस्यसमेत छन् । आफू गुटगत काममा नलाग्ने भए तर संघको हितका लागि मिलेर जाने हो भने आफ्नो उम्मेद्वारी रहने भन्दै पूराना र अनुभवी सिए अर्जुन गौतमले पनि आन्तरिक परामर्श सुरु गरेका छन् ।
यसैबीच चुनावका नाममा ठाउँ ठाउँमा गुटका भेला सुरु भएका छन् । उम्मेद्वार बन्ने चाहाना राखेकाहरुले खर्च गर्नेगरी ३ ठाउँमा विभिन्न गुटका भेला भएका छन् । संघको चुनाव आउँदो असोजमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्