Skip to content

अब एकीकृत पूर्वयोग्यता परीक्षा लोकसेवा आयोगबाटै संचालन हुने ! (सूचनासहित)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सञ्चालन गरिने एकीकृत पूर्वयोग्यता परीक्षा संचालन हुने भएको छ। आइक्यानले एक सूचना जारी गर्दै एकीकृत पूर्वयोग्यता परीक्षा संचालन अब लोकसेवा आयोगबाट नै संचालन हुने जनाएको हो।

आइक्यानको अप्राविधिक सहायक तह ४ पद लगायत अन्य संगठित संस्थाको अप्राविधिकतर्फका सहायकस्तर द्धितीय श्रेणी, खरिददार वा सो सरह, चौथो तह वा सो सरहको पदहरूका लागि आर्थिक वर्ष २०८२-८३ देखि लागू हुने गरि एकीकृत पूर्वयोग्यता परीक्षा लोकसेवा आयोगबाट नै संचालन हुने भएको छ।

आयोगको सूचना नं. १६१७/०८१/८२ तथा आर्थिक वर्ष २०८२ श्रावण ०७ गते प्रकाशित विज्ञापनसँग सम्बन्धित सबै जानकारीहरू http://www.psc.gov.nphttp://www.ican.org.np मा हेर्न सकिने आइक्यानले जनाएको छ।  सूचनासहित:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।