Skip to content

चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको फारम अनलाइनमार्फत दर्ता गर्न मिल्ने (सूचनासहित)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको फारम अनलाइनमार्फत दर्ता खुला गरेको छ। आइक्यानले एक सूचना जारी गर्दै सेप्टेम्बर २०२५ मा हुने चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको लागि परीक्षा फारम अनलाइनमार्फत दर्ता खुला गरेको जानकारी गराएको हो ।

चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको फारम साउन ७ गतेदेखि साउन २७ गतेसम्म सामान्य दस्तुरमा भर्न सकिनेछ । ढिला दस्तुरसहित भर्न सकिने अन्तिम म्याद भने भदौ १ गतेसम्म रहेको आइक्यानले जनाएको छ।

परीक्षा काठमाडौँमा मात्र नभई विराटनगर, पोखरा, बुटवल, वीरगञ्ज, चितवन, नेपालगञ्ज र धनगढीमा पनि हुनेछ। जहाँ प्रत्येक केन्द्रमा न्यूनतम १० जना उत्तीर्ण हुन आवश्यक हुनेछ। यदि सो संख्या पुगेन भने ती परीक्षार्थीहरू स्वचालित रूपमा काठमाडौं केन्द्रमा सारिनेछन्। परीक्षा सेप्टेम्बर १७ र १८ मा सञ्चालन हुने आइक्यानले जनाएको छ। सूचनासहित:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।