Skip to content

चार्टर्ड एकाउन्टेन्ट देवकोटाको नेतृत्वपछि सिन्धु विकास बैंकको नाफामा उछाल, खराब कर्जा ह्वात्तै घट्यो !

काठमाडौँ। चार्टर्ड एकाउन्टेन्ट देवकोटाको नेतृत्वपछि सिन्धु विकास बैंकको नाफामा उछाल देखिएको छ। गत आर्थिक वर्ष २०८१-८२ मा बैंकको खुद नाफा २८७.६० प्रतिशत बढेको छ। बैंकले उक्त अवधीमा ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ।

अघिल्लोको सोही अवधीमा भने बैंकले ३ करोड ४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। त्यस्तै, बैंकको खराब कर्जा १०.६३ प्रतिशतबाट घटेर ६.०३ प्रतिशतमा झरेको छ भने बैंकको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशत घटेर १३ करोड ३७ लाख ५२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १९ करोड १४ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता बैंकको कुल सञ्चालन आम्दानी ३०.४९ प्रतिशत घटेर १५ करोड ६ लाख ७६ हजार रुपैयाँ, सञ्चाल नाफा ४१७.३९ प्रतिशत बढेर १५ करोड ३५ लाख ६१ हजार रुपैयाँ, चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ र गेडा कोष ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५.६९ रुपैयाँ बढेर २१.१५ रुपैयाँ पुगेको छ भने बैंकको मूल्य आम्दानी अनुपात ४०.९९ गुणा र प्रतिसेयर नेटवर्थ ८६.७० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।