काठमाडौँ। कारोबार दैनिकको प्रबन्ध निर्देशकमा चार्टर्ड एकाउन्टेन्ट प्रकाश अधिकारी नियुक्त भएका छन्। नेपालको पहिलो राष्ट्रिय आर्थिक दैनिक कारोबार पत्रिकाको प्रकाशन गृह टिबिआई पब्लिकेसन लिमिटेडको प्रबन्ध निर्देशकमा सीए अधिकारी नियुक्त भएका हुन्।
कम्पनीको सञ्चालक समितिको बैठकले प्रबन्ध निर्देशकमा सीए अधिकारीलाई नियुक्त गरेको हो। चार्टर्ड एकाउन्टेन्ट अधिकारी हाल काठमाडौँमा एमफिल अध्यन गरिरहेका छन्। उनीसँग विभिन्न संस्थाहरूमा उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हालेको अनुभव छ।
सीए अधिकारीसँग यसअघि नेपाल एयरलाइन्स र नेपाल रिपब्लिक मिडियामा केही वर्ष काम गरेको अनुभव समेत रहेको छ।
प्रतिक्रिया दिनुहोस्