Skip to content

नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई आइक्यानले गर्यो स्वागत

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई स्वागत गरेको छ। आइक्यानले एक कार्यक्रमको आयोजना गर्दै आइक्यानका नवनिर्वाचित अध्यक्ष सीए निलबहादुर सारु मगर र उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेलाई स्वागत गरेको हो।

शुक्रबार र्याडिसन होटेल काठमाडौँमा आइक्यानको २९औं अध्यक्षका रूपमा सीए निलबहादुर सारु मगर र उपाध्यक्षमा सीए आनन्दराज शर्मा वाग्लेलाई सपथ गराइएको थियो ।

प्रतिश्पर्धी पीयूष आनन्दलाई हराउँदै सीए आनन्दराज शर्मा उपाध्यक्षमा निर्वाचित भएका थिए भने अध्यक्षमा निल बहादुर सारु मगर निर्विरोध निर्वाचित भएका हुन्।

आज एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई आइक्यानका सम्पूर्ण परिवारहरूले सफल कार्यकालको शुभकामा समेत दिएका छन्।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।