काठमाडौँ। एक्यान टोष्टमाष्टर्स क्लबले मौद्रिक नीति सम्बन्धित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संघले संघकै सभा हलमा सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा पूर्व बैंकर अनल राज भट्टराईले मौद्रिक नीतिसम्बन्धि विशेष प्रस्तुती दिएका थिए भने सिए सरोकार डटकमका सम्पादक सुरज प्याकुरेलले मौद्रिक नीतिबारे धारणा राखेका थिए ।
सो कार्यक्रममा दयाल समूहले प्रायोजन गरेको थियो । सो समुहकी निर्देशक तथा एक्यान टोस्टमास्टर क्लबकी वर्तमान कोषाध्यक्ष श्रीमती कल्पना शाहले नेपाली बजारमा स्वादिष्ट भोजनको लागि दयाल समूह र भारतको डिएस समूहबीचको साझेदारी हालै सम्पन्न भएको जानकारी दिइन्।
डिएस समूहको खाद्य क्षेत्रतर्फको सबैभन्दा ठूलो लॉन्च ‘Catch Masala’ यसको उच्च गुणस्तर र विभिन्न स्वादका मसालाहरूका लागि प्रख्यात छ ।
प्रतिक्रिया दिनुहोस्