काठमाडौँ। सर्वोच्चको आदेशपछि कर फर्छ्योट प्रकरणमा जेल परेका दुई चार्टर्ड एकाउन्टेन्ट जेलबाट छुटेका छन् । कर फर्छ्योट प्रकरणमा जेल परेका दुई चार्टर्ड एकाउन्टेन्ट कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल जेलबाट छुटेका हुन्।
गैरकानुनी रुपमा कर छुट दिएर राज्यलाई नोक्सानी पुर्याएको मुद्दामा सर्वोच्च अदालतले विशेष अदालतको फैसला बदर गरेसँगै दुई चार्टर्ड एकाउन्टेन्ट जेलबाट छुटेका छन् ।
न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले विषेश अदालतको फैसला बदर गर्दै पुन: सुनुवाई गर्न मंगलबार आदेश दिएको छ। सर्वोच्चको आदेशसँगे विशेष अदालतले कर फर्स्योटको मुद्दामा फेरि सुरुबाटै सुनुवाई गर्नुपर्ने भएको छ।
यता, विशेष अदालतले २०८० जेठ १८ गते कर छुटको मुद्दामा सीए लुम्बध्वज महत र सीए सचिव चुडामणि शर्मालाई दोषी ठहर गरेको थियो। साथै, विशेष अदालतले महतलाई ९ वर्ष १ महिना तथा र शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो।
सर्वोच्चको आदेशपछि हाल उनीहरू जेलबाट छुटिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्