Skip to content

क्याप ३ तहका विद्यार्थीहरूलाई आइक्यानले ४० घण्टाको सूचना प्रविधि तालिम दिँदै

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले क्याप ३ तहमा अध्ययनरत विद्यार्थीहरूका लागि ४० घण्टाको सूचना प्रविधि तालिम दिने भएको छ।  जुन २०२६ मा अन्तिम परीक्षा दिन योग्य विद्यार्थीहरूले परीक्षा फारम बुझाउनु पूर्व अनिवार्य रूपमा उक्त तालिम लिनु पर्नेछ।

यसका लागि विद्यार्थीहरूले २०८२ असार २४ गतेदेखि २०८२ श्रावण २४ गतेसम्म छात्र पोर्टल (Student Login) मा गएर IT Training अन्तर्गत आफूलाई आवश्यक पर्ने तालिम समूह छनोट गरी शुल्क बुझाएर नाम दर्ता गर्नुपर्नेछ।

यस्तै, डिसेम्बर २०२५ मा हुने परीक्षा दिन योग्य हुने तर अझै सूचना प्रविधि तालिम नलिएका विद्यार्थीहरूलेसमेत उक्त तालिम लिनुपर्ने हुनाले उनीहरूले पनि तालिमका लागि नाम दर्ता गर्नुपर्ने आइक्यानले जनाएको छ। तालिम समय र समूह छनोट गर्नुपर्ने हुँदा विद्यार्थीहरूले आफ्नो समय मिल्ने र सहज हुने तालिम समूह छान्न भनिएको छ। तालिमको अवधि ४० घण्टा हुनेछ र कम्प्युटर ल्याबमार्फत भौतिक रूपमा सञ्चालन गरिनेछ। तालिम शुल्क अनलाइन माध्यमबाट मात्र बुझाउन सकिनेछ र नगद रूपमा शुल्क नलिइने सूचनामा उल्लेख गरिएको छ।

तालिमसँग सम्बन्धित सबै जानकारी तथा समय तालिका विद्यार्थीले Student Login बाट IT Training सेक्सनमा प्राप्त गर्न सक्नेछन्। तालिम अवधि र समय छात्रले आफैं अनलाइनमार्फत चयन गर्नुपर्नेछ। शुल्क इसेवा वा कनेक्ट आईपीएस (Connect IPS) मार्फत तिर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।