काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नयाँ कार्यकारी निर्देशकलाई स्वागत गरेको छ। आइक्यानले असार २४ गते नवनियुक्त कार्यकारी निर्देशक सीए बिमल डंगोललाई कार्यालयमा स्वागत गरेको हो।
डंगोललाई आइक्यानले सफल कार्यकालको कामना र उनको सहकार्यको अवधिमा आइक्यानले नयाँ उचाइ हासिल गर्ने आशा समेत गरेको छ।
असार १५ गते बसेको ३५१औँ बैठकले रिक्त रहेको आइक्यानको कार्यकारी निर्देशक पदका लागि डंगोललाई नियुक्त गरेको थियो । तस्विरहरू:
प्रतिक्रिया दिनुहोस्