Skip to content

सिए मुकुल भट्ट र सिए सविन कार्कीको मेरो कोडिङ क्लासले पायो १.०२ करोड लगानी

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट मुकुल भट्ट र सविन कार्कीले सुरु गरेको व्यवसाय ‘मेरो कोडिङ क्लास’ले शार्क ट्याङ्क नेपालबाट १.०२ करोडको लगानी जुटाएको छ । मेरो कोडिङलाई शार्कद्वय क्याबिनेट श्रेष्ठ र हेमराज ढकालले सो लगानी जुटाईदिएका हुन् ।

हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको सो कार्यक्रममा सिए द्वयले १० प्रतिशत सेयर दिनेगरी ३० लाख लगानीको माग गरेका थिए । तर, भट्ट र कार्कीले दिएको उत्कृष्ट प्रस्तुतीपछि दुई शार्कहरु ३४ प्रतिशत इक्वीटीका लागि १.०२ करोड लगानी गर्न तयार भएका हुन् ।

शार्क ट्याङ्क नेपालले यसलाई यो सिजनको सबैभन्दा ठुलो टेक डिलसमेत भनेको छ ।पछिल्लो समय सिएहरु प्राक्टिस र जागिर बाहेक व्यवसायमा पनि सक्रिय हुने ट्रेण्ड बढेको छ ।

लगानी जुट्नेमात्र होइन, चर्चित प्लेटफर्ममा सिएहरुको गर्विलो इतिहास दर्ज गर्न सफल भएकोमा भट्ट र कार्कीलाई धेरै सिएहरुले बधाईसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।