Skip to content

आइक्यानको कार्यकारी निर्देशकमा बिमल डंगोल, राष्ट्रिय वाणिज्य बैंक छोडेर आइक्यान सम्हाल्दै !

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को कार्यकारी निर्देशक पदका लागि बिमल डंगोल छनोटमा परेका छन्। असार १५ गते बसेको ३५१औँ बैठकले रिक्त रहेको आइक्यानको कार्यकारी निर्देशक पदका लागि डंगोललाई नियुक्त गरेको हो।

आइक्यानले एक सूचना जारी गर्दै उम्मेदवारले तोकिएको ७ दिनभित्र नियुक्तिका लागि सम्पर्क नगरेको खण्डमा बैकल्पिक उम्मेदवारहरूमध्येबाट योग्यताक्रम अनुसार अर्को प्रक्रिया अघि बढाउने तयारी गरिएको उल्लेख गरेको छ।

त्यस्तै, बैकल्पिक उम्मेदवार सूचीमा सीए सुरेन्द्र कुमार पौडेल र सीए मुकुन्द सुवेदी रहेका छन्। सूचनासहित:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।