काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को कार्यकारी निर्देशक पदका लागि बिमल डंगोल छनोटमा परेका छन्। असार १५ गते बसेको ३५१औँ बैठकले रिक्त रहेको आइक्यानको कार्यकारी निर्देशक पदका लागि डंगोललाई नियुक्त गरेको हो।
आइक्यानले एक सूचना जारी गर्दै उम्मेदवारले तोकिएको ७ दिनभित्र नियुक्तिका लागि सम्पर्क नगरेको खण्डमा बैकल्पिक उम्मेदवारहरूमध्येबाट योग्यताक्रम अनुसार अर्को प्रक्रिया अघि बढाउने तयारी गरिएको उल्लेख गरेको छ।
त्यस्तै, बैकल्पिक उम्मेदवार सूचीमा सीए सुरेन्द्र कुमार पौडेल र सीए मुकुन्द सुवेदी रहेका छन्। सूचनासहित:
प्रतिक्रिया दिनुहोस्