काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले चिट चोर्ने पाँच विद्यार्थीको परीक्षा रद्द गरेको छ । आइक्यानले जून २०२५ मा सञ्चालन गरेको क्याप १, क्याप २ र क्याप ३ तहको परीक्षामा मर्यादा विपरीत काम गरेको पाइएपछि पाँच परीक्षार्थीको परीक्षा रद्द गरेको हो।
आइक्यानले एक सूचना जारी गर्दै सम्बन्धित परीक्षा रद्द गरी कारबाही अघि बढाएको जनाएको छ । यो निर्णय आइक्यानको परीक्षासम्बन्धी समितिको असार ९ गते बसेको ३२५औं बैठकले लिएको हो ।
यसघि पनि आइक्यानले चिट चोर्ने, र परिक्षा केन्द्रमा मनपरी गर्नेहरुविरुद्ध एक्सन लिँदै आएको छ । सूचनासहित:
प्रतिक्रिया दिनुहोस्