Skip to content

अभ्यासरत चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई आफ्ना विवरण समयमै प्रस्तुत गर्न आइक्यानको निर्देशन

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले अभ्यासरत चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई आफ्ना विवरण समयमै प्रस्तुत गर्न निर्देशन दिएको छ । आइक्यानले एक सूचना जारी गर्दै अभ्यासरत चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूले आर्टिकल्ड ट्रेनि, अकाउन्टिङ ट्रेनि तथा चार्टर्ड इन्टर्नका विवरण समयमै प्रस्तुत गर्नुपर्ने स्पष्ट निर्देश दिएको हो ।

आर्टिकल्ड ट्रेनि (अनुबन्धिकृत प्रशिक्षार्थी) ले हरेक ६ महिनामा परिशिष्ट २० प्रस्तुत गर्नुपर्नेछ, जुन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली, २०६१ (दोस्रो संशोधन २०७८) को नियम ३२ (२) अन्तर्गत पर्नेछ।

साथै, अकाउन्टिङ ट्रेनि (लेखा प्रशिक्षार्थ) ले परिशिष्ट ११ हरेक ६ महिनामा बुझाउनु पर्नेछ, जुन एटी बाइ-लस, २०६७ को धारा ३२ (२) अनुरुप छ।

यता चार्टर्ड इन्टर्नले परिशिष्ट ६ र ७ हरेक ३ महिनामा पेश गर्नुपर्ने छ, जुन एक वर्षे इन्टर्नशिप प्रक्रिया, २०७१ (तेस्रो संशोधन २०८०) को धारा ८ (२) बमोजिम छ।

सूचनासहित:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।