Skip to content

आइक्यानमा हदैसम्मको मनोमानी, ‘आफ्ना मान्छे’ लाई कारवाही गर्नुपर्ने भएपछि अनुशासन समितिले वर्षौं अल्झाईरहेछ फाइल !

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले बर्षौंसम्म अनुसाशन समितिका केहि फाइलहरु अल्झाएर राखेको पाइएको छ । आफ्ना मान्छेलाई कारवाही गर्नुपर्ने भएपछि अनुशासन समितिमा ती फाइलहरु अल्झाएर राखिएको पाइएको हो ।

केहिलाई जोगाउने ‘स्पष्ट बदनियत’ बोकेर संस्थाले बर्षौंदेखि केहि फाइलहरु अल्झाएर राखेको पाइएको हो । आइक्यानमा परेका उजुरी र र आइक्यानले क्वालिटी रिभ्युमार्फत कैफियत देखेर अनुसाशन समितिसम्म पुगेका फाइलहरु ‘आफ्ना मान्छे’ परेपछि बर्षौंसम्म अल्झाएर राखेको पाइएको हो । यसरी बर्षौंसम्म अल्झाउने र समय मिलाएर सुटुक्क क्लिन चिट दिने बदनियत राखेर काम गरेको भन्दै आइक्यानको काउन्सिलभित्रै यसबारे प्रश्न उठ्न थालेको हो ।

‘आफ्ना मान्छेलाई कारवाही गर्नुपर्छ भनेपछि फाइल नै अघि नबढाउनेसम्मका हर्कत भएका छन् । बर्षौंदेखिका उजुरी फर्छ्योट भएका छैनन् ।’ आइक्यानका एक काउन्सिल सदस्यले भने, ‘पछि मेसो मिलाएर सुटुक्क क्लिन चिट दिने काममा नेतृत्व नै लागेको प्रष्ट देखिन्छ । हदै भएपछि अव काउन्सिल भित्र पनि, काउन्सिल बाहिर पनि बोल्नुपर्ने स्थिति आएको छ ।’ आइक्यानले यसरी अल्झाएका फाइलहरुमा आइक्यानका पूर्व अध्यक्षदेखि आइक्यानका बर्तमान पार्षदहरुसम्मका फाइल छन् । कतिपय फाइल काउन्सिल सदस्यहरुलाई चुनाव जिताउन लागेकाहरुको केसले भरिएको छ । तर आफ्ना मान्छेहरु पर्ने भएपछि आइक्यानले त्यस्ता फाइलहरु बर्षौंसम्म अल्झाएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।